नेपाली जनप्रतिशील मंच स्पेनद्वारा नेपाल सरकारलाई बिरोध पत्र बुझायको छ|

नेपाली जनप्रतिशील मंच स्पेनद्वारा १२ नोवेम्बर २००९ का दिन नेपाली काउन्सुलर मार्फ़त नेपाल सरकार लाई बिरोध पत्र बुझायको छ|

मंच का अद्यक्ष द्वारा हस्ताक्षरित बिरोध पत्रमा भनियको छ,जनयुद्ध र जन आन्दोलन को बल बाट संबिधान सभाको निर्वाचन पश्चात् देशमा दिगो शान्ति स्थापना साथै जनमुखी संबिधान निर्माण लगायत राज्यको पुनर्संरचना गर्दै ब्याबहारत श्रमजीबी बर्गको संघीय गणतंत्र को रुपमा बिकाश गर्दै अगाडी बढ्नु पर्ने समएमा नेपाली जनतालाई फेरी सड़क आन्दोलन गर्न बाध्य परिएको छ|

बिधानत कार्यकारी अधिकार प्राप्त जन निर्बाचित सरकारको निर्णय लाई बिदेशी प्रभुको इशारामा प्रतिकृयाबदी तथा यथास्थितिबादी शक्तिहरुको आडमा राष्टपति द्वारा जनताले प्राप्त गरेका अहिले सम्मका उपलब्धिहरुलाई कुल्चदै सैनिक सर्बोच्चता लादी उल्ट्य़ाउने काम भयको छ|सचेत नागरिक को हैसियतले यस्ता गैर संबैधानिक कार्यको बिरोध गर्नु कर्तब्य हुन आउदछ

तसर्थ सैनिक सर्बोच्चताका बिरुद्ध नागरिक सर्बोच्चताका पक्षमा चलेको नेपाली जनताको आन्दोलन लाई सकृय समर्थन साथै यक्यबध्दता जाहेर गर्दै सैन्य बलमा स्थापित सरकार को बिरोध गर्दछौ भनियको छ|

                                                                                                                        गोपाल रेग्मी

                                                                                                                         (महासचिब)

                                                                                                            नेपाली जन प्रगतिशील मंच स्पेन

Posted in PRESS REALESE. ट्यागहरु: . Leave a Comment »

यसपटक सशक्त र प्रभावकारी आन्दोलनको आवश्यकता

अग्नि सापकोटा
देशलाई गम्भीर मुठभेडको स्थितितिर धकेल्ने गम्भीर षड्यन्त्र हुँदैछ र पुराना संसदीय पार्टीहरू घोर अराजनीतिक र अनैतिक ढंगले प्रस्तुत हुन थालेका छन् । राष्ट्रिय स्वाधीनताको रक्षाको सवाल झनझन संवेदनशील हुँदै गइरहेको छ । सत्तारुढ पार्टीका नेताहरू बृहत शान्तिसम्झौता, अन्तरिम संविधान र सम्पूर्ण सहमति र समझदारी विपरीत उग्र अभिव्यक्ति दिन थालेका छन् ।
वैदेशिक शक्तिकेन्द्रको गुरुयोजनामा निर्मित कठपुतली सरकारका मन्त्रीहरू शाहीकालीन मन्त्रीहरूभन्दा पनि तल्लोस्तरमा उत्रेर देश र जनताका विरुद्ध बोल्न थालेका छन् । रक्षामन्त्री नेपाली सेनालाई भड्काउने काममा ज्यान छोडेर लागेकी छन् भने उपप्रधानमन्त्री गच्छेदार सेना परिचालनको धम्की दिन थालेका छन् । कथित सरकारका प्रवक्ता नेपाली सेना लडाइँका लागि सक्षम छ भन्ने अभिव्यक्ति दिइरहेका छन् । Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

बलत्कारको कार्यप्रति आत्मालोचना गर्दै पिडित महिलालाई ´प्रतिज्ञापत्र

पर्वत

जबर्जस्ती करणीको अभियोगमा जेल सजाय भुक्तान गर्दै आएका एक कैदीले कारागारबाटै पिडितलाई धन्यवादका लागि प्रतिज्ञापत्र लेखेका छन्। पर्वत जिल्ला कारागारमा रहेका ४० बर्षिय भिमबहादुर परियारले आफुले गरेको कार्यप्रति आत्मालोचना गर्दै पिडित महिलालाई प्रतिज्ञापत्र लेखेका हुन्।

पत्रमा उनले जेल हालेकोमा पिडित महिलालाई धन्यवाद मात्र होइन प्रशंसा समेत गरेका छन्। आफुले कारागारबाट दण्ड र चेतावनीको प्रतिफल स्वरुप नयाँ जीवन पाएको बताएका छन्। …मैले नयाँ जीवन पाउनु तपाईकै दण्ड र चेतावनीको आत्मिक प्रतिफल हो, जसले मलाई सहनशिल, नम्र र पवित्र बनायो।परियारले पत्रमा कारागार नै आफ्नो विश्वविद्यालय सरह पवित्र पाठशाला भएको खुलाएका छन्। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

गणराज्य घोषणा गर्ने आफ्नो पार्टीको कुनै रणनीति नभएको: सीपी गजुरेल

धनकुटा माओवादीका सचिव सीपी गजुरेलले कार्यालय वा व्यक्तिगत सम्पत्ति कब्जा तथा गणराज्य घोषणा गर्ने आफ्नो पार्टीको कुनै रणनीति नभएको भन्दै यस्ता कार्य भए पार्टीको आधिकारिकता नहुने दावी गरेका छन् ।

माओवादी धनकुटाले शनिवार बिहान सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । केही दिनअघि माओवादीले धनकुटा नगरपालिका कब्जा गरेको तथा खोटाङ्गमा किरात गणराज्य गठन गरिएको ’bout सञ्चारकर्मीको जिज्ञासामा नेता गजुरेलले उक्त कुरा बताए । सम्पत्ति कब्जा गर्ने र गणराज्य घोषणा गर्ने नीतिगत निर्णय नभएको स्पष्ट पार्दै उनले यदाकदा हुने यस्ता घटनालाई पार्टीले गम्भीरता पुर्वक लिएको बताए । Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

पुनर्गठित नयाँ माओवादीद्वारा एयरपोर्टको जग्गा कब्जा

उदयपुर

एकीकृत नेकपा माओवादीबाट छुटेर गएका मातृका यादवको नेतृत्वमा गठित नेकपा माओवादीले अब पुरानै क्रियाकलाप देखाउन थालेको छ।
मातृका यादवको नेतृत्वमा पुनर्गठित नेकपा माओवादीले उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित एयरपोर्टको नाममा रहेको १४ बिघा १६ कट्ठा १६ धुर जग्गा आज बिहान कब्जा गरेको छ।
जग्गा दलाल, तस्कर र टाठाबाठा व्यक्तिहरूले उक्त जग्गा बिक्री गरेको आरोप लगाउँदै उसले जग्गामा पार्टीको झन्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

नयाँ सरकार गठन’bout छलफल हुन्छः खनाल

२८ कात्तिक

 नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुबीच नयाँ सरकार गठन’bout छलफल हुने बताउनुभएको छ ।

केही दिनअघि भारत भ्रमणबाट फर्कनुभएका खनालले राष्ट्रिय सहमति निर्माणका लागि नयाँ सरकार गठन’bout पनि छलफल गर्न सकिने बताउनुभयो । ‘सहमतिका लागि नयाँ सरकार गठन’bout पनि छलफल गर्न सकिन्छ,’ शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अध्यक्ष खनालले भन्न्ुभयो, ‘नयाँ सरकार वा वर्तमान सरकार’bout सबै दलहरुको भेलाले तय गर्नेछ ।’ वर्तमान सरकारमै माओवादी समावेश भई सहमति निकाल्ने’bout पनि छलफल हुने खनालको भनाइ छ । Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

पोखरा पश्चिमको पर्यटकीय विकासमा सरकारको ध्यान जानु जरुरी

बागलुङ कात्तिक २८

नेपालको प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराबाट करिब ७० किमी पश्चिममा अवस्थित बागलुङ जिल्लाको बलेवा क्षेत्रमा पर्यटकीय विकासका अधिक सम्भावना रहे पनि त्यसको समयानुकूल विस्तार हुन नसकेको भन्दै सो क्षेत्रका समुदायले सरकारको ध्यानाकर्षण गराएका छन् ।
पोखरादेखि पश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बलेवा विमानस्थल विगत १५ वर्षभन्दा लामो समयदेखि साचालनमा आउन नसकेको तथा सरकारले पनि सो क्षेत्रको विकासमा उपेक्षा गरेको भन्दै बलेवाका पर्यटन व्यवसायी एवम् विभिन्न क्षेत्रका समुदायले सामूहिक विकासको अवधारणा अघि बढाएका हुन् ।
Read the rest of this entry »

Posted in BAGLUNG NEWS. ट्यागहरु: . Leave a Comment »

दलहरुको संयुक्त राष्ट्रसङ्घको भनाइलाई हस्तक्षेप भन्नु दुर्भाग्यपूर्णःएमाले उपाध्यक्ष गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालको शान्तिप्रक्रियामा सहयोग गर्दै आएको संयुक्त राष्ट्रसङ्घले नेपालका दलहरूलाई दिएको सुझावलाई हस्तक्षेप भन्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ। उहाँले केही दिनअघि संयुक्त राष्ट्रसङ्घले नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्ुनपर्छ भनी दिएको सुझावलाई २२ दलले हस्तक्षेप भन्नु केटाकेटीपनको परिचायक भएको उल्लेख गर्नुभयो। प्रेस चौतारी, चितवन शाखाले आज नारायणगढमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता गौतमले दलहरूले आफ्नो कमजोरी लुकाउन राष्ट्रसङ्घलाई दोष दिएको बताउनुभयो। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

सरकारलाई मंसिर ५ सम्मको अल्टिमेटम

२८ कात्तिक

नागरिक सर्वोच्चता वाहालीको माग गर्दै आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीले दोस्रो चरणको आन्दोलन समापन गर्दै आफ्ना माग पुरा गर्न सरकारलाई मंसिर ५ गतेसम्मको अल्टिमेटम दिएको छ । दोस्रो चरणको आन्दोलन अन्र्तगत बिहिबार र शुक्रबार सिंहदरबार घेराउ गरेको माओवादीले शुक्रबार साँझ त्यसको समापन गर्दै आफ्ना माग पुरा नगरिए अझ आक्रामकरुपमा तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

आदिवासी महोत्सवमा एकैदिन पाँच चलचित्र प्रदर्शन

चितवनको नारायणगढमा जारी अन्तरराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव-२०६६ मा एकै दिन पाँच वटा चलचित्र प्रदर्शन गरिएको छ ।चितवनमा पहिलोपटक आयोजित सो महोत्सवमा शुक्रबार बिहानदेखि साँझसम्म गरी आदिवासी जनजातिको रहन सहन सम्बन्धी पाँचवटा चलचित्र प्रदर्शन गरिएको हो । तामाङ चलचित्र सङ्घको आयोजनामा हिजोदेखि सुरु भएको महोत्सव आज साँझसम्म चल्ने छ ।नारायणगढको नारायणी कला मन्दिरमा भइरहेको महोत्सवको पहिलो दिन हिजो बोलिभियामा संविधानसभाका बेला आदिवासीहरूले गरेको आन्दोलनको विषयलाई समेटिएको चलचित्र विल्डीङ्ग डिग्निटी, शिक्षा क्षेत्रमा तामाङहरुले गरेको सङ्घर्षको विषयमा आधारित चलचित्र गोदेवा, वोटे र माझीको रहनसहनमा आधारित चलचित्र लिभिङ्ग वाई द रिभर र थारु समुदायसँग सम्बन्धित चलचित्र भूयार प्रदर्शन गरिएको थियो । Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »