किशोर बैज्ञानिकले प्रधानमन्त्रीलाई भेटे !

 बागलुङका किशोर बैज्ञानिक कुशल केसीले केहि दिन पहिले आफुले बनाएको सोलार कारका ’boutमा प्रधानमन्त्री माधव कुमार नेपाललाई जानकारी गराएका छन् । स्थानीय अमृत आदर्श उच्चमाविमा कक्षा १० मा अध्ययनरत १६ वर्षिय केसीको प्रतिभालाई हरक्षेत्रबाट उच्च मूल्यांकन गर्नुपर्ने आवाज उठिरहेकै बेला किशोर बैज्ञानिक केसीको प्रधानमन्त्री नेपालसंग भेट भएको छ ।
६ लाख रुपयाको लगानीमा निर्माण गरिएको सोलार कार उनले बागलुङ बजारमा चलाउदा स्थानीय जनताहरुले उत्सुकतापूर्वक हेरेका थिए । यी किशोर बैज्ञानिकलाई सरकारले आर्थिक सहयोग गरेर यिनको प्रतिभालाई पलायन हुनबाट रोक्नुपर्ने आवाज उठिरहेको छ ।

Posted in BAGLUNG NEWS. ट्यागहरु: . Leave a Comment »

एमाले र कांग्रेस चैते गणतन्त्रवादी- थापा

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले एमाले,कांग्रेस चैते गणतन्त्रवादी रहेको आरोप लगाएका छन्। आज वीरगंजमा सम्पन्न राप्रपा नेपालको तराइ मधेश राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहांले नेपाली कांग्रेस पथभ्रमित भएको छ। कांग्रेस विपीको विचारधारबाट अलग हिडिरहेको छ। यदी विपीको विचारधारामा नहिड्ने हो भने राप्रपा नेपालले बिपीको विचारलाई लिएर हिड्न तयार रहेको बताए। उनले भने -तराइबासीहरुले राजा नहुंदा देश अभिभावक विहिन भएको महसुस गरेका छन् भने बाहिरी शक्ति र पैसाको कारण दलहरुले हिन्दूत्वको पहिचान मेटाउन खोजेका छन्। मधेशीको भावना, हिन्दूत्वको लागि आन्दोलन गर्न राप्रपा नेपाल तयार रहेको र आन्दोलनको घोषणा गरिसकेको अध्यक्ष थापाले बताए। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

अन्तरजातीय विवाह गर्ने जोडी सामाजिक समस्या भोग्न बाध्य

दलित समुदायको मानिससँग अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि अन्तरजातीय विवाह गर्ने जोडीले विभिन्न सामाजिक समस्या भोग्ने क्रम रोकिएको छैन।दलित र गैरदलिततबीच अन्तरजातीय विवाह गर्ने जोडीलाई सरकारले प्रोत्साहन स्वरुप प्रति जोडी एक लाख रुपैंया दिने निर्णय गरेको थियो। तर त्यसरी अन्तरजातीय विवाह गर्ने जोडीले प्रोत्साहन पाउन सकिरहेका छैनन् भने उनीहरु विरुद्ध विभिन्न समाजमा आक्रमण समेत हुने क्रम जारी छ। देशभर व्याप्त जातीय छुवाछुत हटाउन सरकारबाट ठोस प्रयास हुन नसकिरहेका बेला छुवाछुत विरुद्धका घोषणाले विभिन्न सामाजिक संकट पनि निम्त्याएका छन्। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . 1 Comment »

ढोरपाटन शिकार आरक्षमा शिकारी बढे !

सुवास कंडेल/ बागलुङ मंसिर ९

मुलुककै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष बागलुङमा यस पटकको शरद ऋतुमा १० जना बिदेशी नागरिकले शिकार खेलेका छन । बर्षको दुई पटकमात्र शिकारको लागि खुल्ला गरिने यस आरक्षमा नाउर र झारलको शिकारको लागि फ्रान्सका चार सुईजका तिन र अस्टे्रलियका तिन जनाले शिकार खेलेको आरक्षका निमित्त संरक्षक अधिकृत पुरुषोत्तम शर्माले बताए ।
मुलुकमा शान्ति प्रकि्रया सुरुभएपछि शिकार खेल्नेका लागि बार्षिक रुपमा दर्जनौ बिदेशी नागरिकहरु ऋाउने गरेका छन । व्दन्दताका शिकार प्रतिबन्ध रहेको थियो । ०५५ साल देखि बन्द भएको शिकार ०६४ चैत्रबाट सुरु भएको आरक्षले जनाएको छ । स्थानीय बासिन्दासंगको सहमति पछि पुनः व्यवस्थीत रुपमा शिकार थालिएको हो । शिकारका लागि आरक्षले स्वेदशी र बिदेशी दुबैलाई छुट्टै दर तोकिएको छ । नाउरको शिकारका लागि बिदेशीलाई ४० हजार र स्वदेशीलाई ५ हजार रुपया तोकिएको छ भने नाउर र झारल शिकार गर्न स्वदेशीहरु भने नगरेको ढोरपाटन शिकार आरक्षले जनाएको छ । Read the rest of this entry »

Posted in BAGLUNG NEWS. ट्यागहरु: . Leave a Comment »

बेनीमा सन्चारकर्मी माथी सांघातिक आक्रमण : पत्रकारहरुद्वारा बिरोध

अगन्धर तिवारी/ म्याग्दी मंसिर ७ 

शनिबार साँझ बेनीबजारमा अज्ञात समुहले म्याग्दीका एक सन्चारकर्मीमाथी आक्रमण गरि सख्त घाइते बनाएका छन् । रेडीयो म्याग्दी कालीमा कार्यरत इन्द्र बियोगी शनिबार साँझ रेडियोमा कार्यक्रम सन्चालनका लागि आउँदैगरेको अवस्थामा अज्ञात समुहले टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएको हो । बियोगीको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार साँझ करिव आठबजे रेडियोमा कार्यक्रम सन्चालन गर्न आउँदैगरेको अवस्थामा गणेशटोलमा बसेका चारपाँच जनाको सुमुहले पछाडीबाट एक्कासी खुकुरी प्रहार गरेको घाइते बियोगीले बताए ।
आक्रमणकारीको नाम आँफुलाई जानकारी नभएपनि परिचित अनुहार नै भएको बियोगीले जानकारी दिए ।
घटनाको ’boutमा अनुसन्धान भइरहेको र आक्रमणकारीको पहिचान नभएका कारण फेलापार्न नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यसैविच म्याग्दीमा कि्रयाशील पत्रकारहरुको समुह युथभिजन मिडिया हाउसले प्रेस बिज्ञप्ती प्रकाशित गरि सन्चारकर्मीमाथी भएको आक्रमणको बिरोध गरेको छ ।

मिडिया हाउसका अध्यक्ष ठाकुर प्रसाद आचार्य र सचिव अगन्धर तिवारीले हस्ताक्षर गरि प्रकाशित बिज्ञप्तीमा सन्चारकर्मीमाथी भएको आक्रमण समग्र सन्चारमाध्यममाथीको आक्रमण भएकाले त्यस्ता आक्रमणकारीलाई तत्काल कानुनी कारवाहि र पीडितलाई क्षतीपुर्तीकॊ माग गरिएको छ ।
राज्यको कमजोर सुरक्षाको फाइदा उठाएर सन्चारकर्मीमाथी हुने यस्ता आक्रमणले सर्वसाधारणको सुचनाको हकमाथी नै हमला भएकोले तत्काल त्यस्ता गतिविधि रोक्न कडा कदम चाल्न स्थानीय प्रशासनलाई विज्ञप्तीमार्फत अनुरोध समेत गरिएको छ ।

Posted in BAGLUNG NEWS. ट्यागहरु: . Leave a Comment »

करिमाको चुरा लगाएको माकुने सरकार

मन्त्री र मन्त्रीका लोग्नेले जेसुकै गर्न पाउनु पर्छ । खुलेआम तस्करी गर्न पाउनु पर्छ अवैध रक्सि भट्टी वेश्यालय र जुवाघर चलाउन पाउनु पर्छ । त्यसो गर्दा प्रहरी प्रशासनले सुरक्षा दिनु पर्छ ।
कि बा हालचाल ठीक बा ? कौन माइका लाल छ रे करिमाको आँख दिखाउने ? उ प्रधानमन्त्री त फेटा गुथेको छ रे धोतीको । कारवाही कुन चराकव नाम छ रे । दिखलाइ दिन्छु बाप को शादी । चिनेको छैन करिमाको वीरगञ्ज हिलाएं रक्सौल हिलाएं । अब माधव नेपालको कुर्सी हिलाइ दिन्छु

Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

दौरा सुरुवाल र चौबन्दी चोली अनिवार्य लगाउन निर्देशन

छुट्टै राज्य गोर्खालेण्डको माग शसक्त पार्न दार्जिलिङ्ग पहाडका अधिकाशं विद्यालयले विद्यार्थीहरुलाइ जातिय पोशाक दौरा सुरुवाल र चौबन्दी चोली अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छन्। छुट्टै राज्यको माग गर्दै दार्जिलिङ्गमा लामो समय देखि जारी आन्दोलन लाइ निर्णायक मोडमा पुर्याउन विद्यालयहरुले विद्यार्थीलाइ अनिवार्य रुपमा जातिय पोशाक लगाउन निर्देशन दिएका हुन्। मिरिक कलेजका विद्यार्थीहरु लाइ भोली देखि दौरा सुरुवाल, चौवन्दी चोली र ढाका साडी लगाउन निर्देशन दिइएको कलेजका यूनियन महासचिव मनोहर शर्माले जानकारी दिनुभयो। उहाँले निर्देशनको पालना नभए कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

अङ्ग्रेजी लेखिएको नागरिकता वितरण सुरु

 मंसिर १

नेपाली भाषामा मात्र वितरण हुँदै आएको नेपाली नागरिकताको प्रमाणपत्रमा पहिलोपटक अङ्ग्रेजी भाषामा समेत व्यक्तिगत विवरण थप गरेर आजदेखि वितरण गर्न थालिएको छ । गृहमन्त्रालयका उपसचिव प्रल्हाद पोखरेलका अनुसार मुलुकका सबै जिल्ला प्रशासन कार्यालयबाट आजैदेखि अङ्ग्रेजी विवरणसमेत राखी नागरिकता वितरण थालिएको छ । तर काठमाडौँ ललितपुर भक्तपुर र काभ्रेपलााचोक जिल्लामा भने एउटै कम्प्युटर कार्यविधिको प्रयोग गरेर नागरिकता वितरण कार्य सुरुभएको छ । Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

४० करोड ऋण मिनाहा गर्न प्रधानमन्त्रीको निर्देशन

बैंकको ऋण नतिरेर कालोसूचीमा परेको वासुलिङ सुगर मिल्सको करिब ४० करोड ऋण छुट दिन प्रधानमन्त्री माधवकुमार नेपालले अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । मिल्सले सरकार नियन्त्रित बैंकहरूबाट लिएको ५७ करोड १७ लाख साँवा र त्यसको १४ वर्षको ब्याज गरी एक अर्बभन्दा बढी तिर्न बाँकी छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दले सुगर मिल्सका लागि कृषि विकास बैंकको अगुवाइमा विभिन्न बैंकबाट ५७ करोड १७ लाख ६० हजार ६ सय ५८ रुपैयाँ ऋण लिएका थिए । तर, ०५२ सालमा ऋण लिएदेखि उनले साँवा तथा ब्याज केही पनि तिरेका छैनन् । मिल पनि बन्द छ । साँवा तथा ब्याज नतिरेकोले वासुलिङ सुगर मिल्सका कार्यकारी निर्देशक चन्द कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् । ऋणको करिब ४० करोड रुपैयाँ मिनाहा गरी उनलाई कालोसूचीबाट हटाउन प्रधानमन्त्री नेपालले अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

हुम्लामा हेलिकप्टर दुर्घटना एक रसियन नागरिकको मृत्यु

हुम्लाको रुढीकोटमा आज बिहान मनाङ एअरको एमआई १७ नाइन एन एएचटी हेलिकप्टर हुम्लाको show_image_spPGNewsproरोदीकोटमा दुर्घटना भएको छ । सुर्खेतबाट बिहान ९ बजेर ४० मिनेटमा हुम्ला उडेको सो हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको थियो । र्घटनामा हेलिकप्टरका इन्जिनियर रसियन नागरिकको मृत्य भएको छ। हेलिकप्टर चालक राजु भण्डारीसहित अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »