४० करोड ऋण मिनाहा गर्न प्रधानमन्त्रीको निर्देशन

बैंकको ऋण नतिरेर कालोसूचीमा परेको वासुलिङ सुगर मिल्सको करिब ४० करोड ऋण छुट दिन प्रधानमन्त्री माधवकुमार नेपालले अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । मिल्सले सरकार नियन्त्रित बैंकहरूबाट लिएको ५७ करोड १७ लाख साँवा र त्यसको १४ वर्षको ब्याज गरी एक अर्बभन्दा बढी तिर्न बाँकी छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दले सुगर मिल्सका लागि कृषि विकास बैंकको अगुवाइमा विभिन्न बैंकबाट ५७ करोड १७ लाख ६० हजार ६ सय ५८ रुपैयाँ ऋण लिएका थिए । तर, ०५२ सालमा ऋण लिएदेखि उनले साँवा तथा ब्याज केही पनि तिरेका छैनन् । मिल पनि बन्द छ । साँवा तथा ब्याज नतिरेकोले वासुलिङ सुगर मिल्सका कार्यकारी निर्देशक चन्द कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् । ऋणको करिब ४० करोड रुपैयाँ मिनाहा गरी उनलाई कालोसूचीबाट हटाउन प्रधानमन्त्री नेपालले अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

हुम्लामा हेलिकप्टर दुर्घटना एक रसियन नागरिकको मृत्यु

हुम्लाको रुढीकोटमा आज बिहान मनाङ एअरको एमआई १७ नाइन एन एएचटी हेलिकप्टर हुम्लाको show_image_spPGNewsproरोदीकोटमा दुर्घटना भएको छ । सुर्खेतबाट बिहान ९ बजेर ४० मिनेटमा हुम्ला उडेको सो हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको थियो । र्घटनामा हेलिकप्टरका इन्जिनियर रसियन नागरिकको मृत्य भएको छ। हेलिकप्टर चालक राजु भण्डारीसहित अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

संसद खुलाउन सभामुख नेताहरुसंग छुट्टाछुट्टै भेटघाट

आफ्नो आशा विपरीत आइतवार पनि संसद चल्न नसकेपछि सभामुख सुवास नेम्वाङ्गले सत्तापक्ष तथा प्रतिपक्षी दलका नेताहरुसंग छुट्टाछुट्टै भेटघाट गरेका छन्। यसअघि सभामुख नेम्वाङ्गले प्रतिपक्षी माओवादीको दोस्रो चरणको आन्दोलन सकिएलगत्तै आइतवारदेखि संसद चल्ने संकेत दिएका थिए। तर दलहरुबीचको गतिरोध नटुंगिएपछि उनले आफैं भेटघाट थालेका हुन्।

आइतवार दिउँसो बसेको संसदको बैठकमा माओवादीले नेपाली कांग्रेसका नेता टेकबहादुर चोख्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्नको निम्ति केही समय सदन चल्न दिएको थियो। तर लगत्तै फेरी अवरोधको पुरानै घटना दोहोरियो र सदन सोमवारसम्मका लागि स्थगित गरियो।आफुले गरेको आशा निराशामा परिणत भएपछि सभामुख नेम्वाङ्गले माओवादी नेताहरु तथा अर्थमन्त्रीसंग बेग्लाबेग्लै छलफल गरे। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »