ऋषी धमलाको गालामा दुई चड्कन

कात्तिक २१

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको भारत भ्रमणको सिलसिला मै नयाँदिल्ली पुगेका रिपोर्टर्स क्लबका अध्यक्ष ऋषी धमलालाई विहीबार नयाँदिल्लीस्थित विज्ञान भबनमा भारतीय अधिकारीहरुलाई भेट्न गएका फोरम अध्यक्ष यादवसँगै रहेका धमलालाई भारतीय सुरक्षाकर्मीले मर्यादा उल्लङ्घन गरेपछि दुई चड्कन लगाएका थिए ।
भारतीय टेलिभिजन स्टार न्युजको राजनीतिक सम्बाददाता आशिष कुमारका अनुसार भारतीय अधिकारीहरुलाई भेट्न फोरम अध्यक्ष यादवसँगै प्रवेश गर्ने कोशिश गर्दा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषी धमलालाई सुरक्षाकर्मीले रोकेका थिए । आफू सञ्चारकर्मी भएको भन्दै परिचय पत्र देखाउँदा पनि धमला प्रवेश गर्न पाएनन् । सुरक्षाकर्मीको अनुरोध लत्याउँदै मर्यादा उल्लङ्घन गरेकोले भारतीय प्रहरीले हिँजो धमलालाई कुटेको आशिष कुमारले जनाएका छन् । भारतीय प्रहरीले दुई चड्कन लगाएपछि धमलालाई विज्ञान भबनको गेटबाट बाहिर निकालेका थिए।

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

भारतीय माओवादीसँग नेपाली माओवादी निरन्तर सम्पर्कमा रहेका भारतीय गृह सचिव दाबी

भारतीय गृह सचिव गोपालकुमार पिलाइले भारतीय माओवादीसँग नेपाली माओवादी निरन्तर सम्पर्कमा रहेका दाबी गरेका छन्। भारतीय माओवादीले नेपाली भूमिबाट हतियार लगेको शङ्का गरे पनि त्यसको प्रमाण भने नभएको पनि उनले बताए। होटल सोल्टीमा आयोजित बैठकपछि उनले भने तर नेपाली र भारतीय माओवादीको विचारमा भने धेरै फरक छ। यहाँका माओवादी संविधानसभामा आइसके भने उहाँका माओवादी अझै हतियारमै विश्वास गर्छन्। Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

स्वाईनफ्लुबाट बच्न उच्च सतर्कता

विगत दुई सातादेखि पर्वतमा फैलिएको भाइरल फिवर “स्वाइन फ्लु” भएको पुष्टी भएपछि पर्वत, बाग्लुङ र म्याग्दीमा उच्च सतर्कता अपनाईएको छ। पर्वतमा विद्यार्थी र नेपाली सेनाका जवानमा स्वाईन फ्लु भेटिएको छ।
अहिलेसम्म पर्वतमका अभिभावक र बालबालिका गरी करिव २५ सय जनामा संक्रमण देखिएको छ। १२ जनाको नमुना परिक्षण गरिएकोमा ९ जनामा स्वाईन फ्लु पोजेटिभ भेटिएको राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेको थियो।
Read the rest of this entry »

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »