बलत्कारको कार्यप्रति आत्मालोचना गर्दै पिडित महिलालाई ´प्रतिज्ञापत्र

पर्वत

जबर्जस्ती करणीको अभियोगमा जेल सजाय भुक्तान गर्दै आएका एक कैदीले कारागारबाटै पिडितलाई धन्यवादका लागि प्रतिज्ञापत्र लेखेका छन्। पर्वत जिल्ला कारागारमा रहेका ४० बर्षिय भिमबहादुर परियारले आफुले गरेको कार्यप्रति आत्मालोचना गर्दै पिडित महिलालाई प्रतिज्ञापत्र लेखेका हुन्।

पत्रमा उनले जेल हालेकोमा पिडित महिलालाई धन्यवाद मात्र होइन प्रशंसा समेत गरेका छन्। आफुले कारागारबाट दण्ड र चेतावनीको प्रतिफल स्वरुप नयाँ जीवन पाएको बताएका छन्। …मैले नयाँ जीवन पाउनु तपाईकै दण्ड र चेतावनीको आत्मिक प्रतिफल हो, जसले मलाई सहनशिल, नम्र र पवित्र बनायो।परियारले पत्रमा कारागार नै आफ्नो विश्वविद्यालय सरह पवित्र पाठशाला भएको खुलाएका छन्।

परियारले विगत एक बर्षदेखि आफुले रासनपानीका लागि कारागारबाट पाउने रकमबाट प्रतिमहिना एक सय रुपैंया छुट्टाएर एक शिक्षाबाट बञ्चित बनेकी दलित बालिकालाई सहयोग गर्दै आएका छन्। उनले सदरमुकामको नारायण उच्च माविमा अध्ययनरत शिवालय ३ कि रिता नेपालीलाई शिक्षामा सहयोग गर्दै आएका हुन्।हेफर इन्टरनेशनल नेपालको सहयोगमा स्थानीय संस्था सिड नेपाल र सिडिआरएफ नेपालले कारागार भित्र नै विभिन्न तालिम सञ्चालन गरेपछि आफुमा सकरात्मक परिवर्तन आएको उनको दाबी छ।

उता परियारलाई संस्थाहरुले समेत प्राथमिकताका रुपमा सकरात्मक परिवर्तनको बाहाक भनेर विभिन्न प्रचारवाजी गर्दै आइरहेका छन्।संचारकर्मीले जिज्ञासा उठाउदा उनले आफुले अन्तरमनको प्रगति समिक्षा गर्ने जमर्को गरेको बतएका छन्। प्रत्यक्ष भेट्न नसकेपनि पत्रमार्फत धन्यवाद जाहेर गर्ने प्रयास गरेको हुँ’ परियारको भनाई छ।

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

टिप्पणी छोड्नुहोस्