बेनीमा सन्चारकर्मी माथी सांघातिक आक्रमण : पत्रकारहरुद्वारा बिरोध

अगन्धर तिवारी/ म्याग्दी मंसिर ७ 

शनिबार साँझ बेनीबजारमा अज्ञात समुहले म्याग्दीका एक सन्चारकर्मीमाथी आक्रमण गरि सख्त घाइते बनाएका छन् । रेडीयो म्याग्दी कालीमा कार्यरत इन्द्र बियोगी शनिबार साँझ रेडियोमा कार्यक्रम सन्चालनका लागि आउँदैगरेको अवस्थामा अज्ञात समुहले टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएको हो । बियोगीको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार साँझ करिव आठबजे रेडियोमा कार्यक्रम सन्चालन गर्न आउँदैगरेको अवस्थामा गणेशटोलमा बसेका चारपाँच जनाको सुमुहले पछाडीबाट एक्कासी खुकुरी प्रहार गरेको घाइते बियोगीले बताए ।
आक्रमणकारीको नाम आँफुलाई जानकारी नभएपनि परिचित अनुहार नै भएको बियोगीले जानकारी दिए ।
घटनाको ’boutमा अनुसन्धान भइरहेको र आक्रमणकारीको पहिचान नभएका कारण फेलापार्न नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यसैविच म्याग्दीमा कि्रयाशील पत्रकारहरुको समुह युथभिजन मिडिया हाउसले प्रेस बिज्ञप्ती प्रकाशित गरि सन्चारकर्मीमाथी भएको आक्रमणको बिरोध गरेको छ ।

मिडिया हाउसका अध्यक्ष ठाकुर प्रसाद आचार्य र सचिव अगन्धर तिवारीले हस्ताक्षर गरि प्रकाशित बिज्ञप्तीमा सन्चारकर्मीमाथी भएको आक्रमण समग्र सन्चारमाध्यममाथीको आक्रमण भएकाले त्यस्ता आक्रमणकारीलाई तत्काल कानुनी कारवाहि र पीडितलाई क्षतीपुर्तीकॊ माग गरिएको छ ।
राज्यको कमजोर सुरक्षाको फाइदा उठाएर सन्चारकर्मीमाथी हुने यस्ता आक्रमणले सर्वसाधारणको सुचनाको हकमाथी नै हमला भएकोले तत्काल त्यस्ता गतिविधि रोक्न कडा कदम चाल्न स्थानीय प्रशासनलाई विज्ञप्तीमार्फत अनुरोध समेत गरिएको छ ।

Posted in BAGLUNG NEWS. ट्यागहरु: . Leave a Comment »

टिप्पणी छोड्नुहोस्