एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमति नभएसम्म एकीकृत नेकपा माओवादीले गर्दै आएको आन्दोलन नरोकिने बताउनुभयो।
आन्दोलन बारे संयन्त्रको बैठब बसेर निर्णय गरिने भन्दै छिट्टै नै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर अन्य दलका नेताहरुलाई पनि संयन्त्रमा सहभागी गराईने उहाँले जानकारी दिनुभयो।
कोइराला निवास महाराजगञ्जमा आज बसेको तीन दलको शिर्ष नेताहरुको बैठकले कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक सयंयन्त्र गठन गरे पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माओवादीको आन्दोलनको बारेमा सहमति बनाएपछि मात्रै आन्दोलन बारे टुङ्गो लाग्ने उहाँले बताउनुभयो।
संयन्त्रका सदस्यसमेत रहेका अध्यक्ष प्रचण्डले संयन्त्रले नयाँ सरकार पनि बनाउँछ की? भन्ने सञ्चारकर्मीको जिज्ञासामा सरकार निर्माणबारे कुनै पनि शर्त नगरेको उल्लेख गर्नुभयो।
संयन्त्र निर्माणमा दलहरु पहिले देखिनै जुटे पनि संयन्त्र बनाउन सकेका थिएनन्। तर आज बसेको तीन दलको बैठकले कोइरालाको नेतृत्वमा संयन्त्र गठन गरेको हो।